२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हिट अभिनेत्री केकीको करिअर अब कता ?



 

काठमाडौं

नेपाली चलचित्रमा सुपर हिट अभिनेत्री को होला ? यो प्रश्नको उत्तर पक्कै सझिलो छैन । आजकल स्टार भ्यालु भएका अभिनेत्री खोज्ने हो भने भेट्न मुस्किल छ ।
स्वस्तिमा खड्का, वर्षा राउत, अञ्जना बराइली र केकी अधिकारी पछिल्लो पुस्ताका सफल अभिनेत्रीमा पर्छन् । तर उनीहरु चलचित्र क्षेत्रबाट लामो समय टिक्न सकेको देखिन्न । अझ भनौं नेपाली चलचित्रमा सदावहार नायिकाको अभाव खड्किदो छ ।
नेपाली चलचित्र क्षेत्रकी औसत रुपमा हिट चलचित्र दिइरहेका अभिनेत्री केकी अधिकारी पछिल्लो समयमा बोक्सीको घर चलचित्रका कारण चर्चा थिइन् । उनको अभिनय र लगानी रहेको यस चलचित्रले बक्सअफिसमा धमाकेदार व्यापार ग¥यो ।


यो चलचित्रले घरेलु बक्स अफिसमा राम्रै कमाई गरेपछि केकीले चलचित्रमा कामै गरिनन्। बल्ल बल्ल हिट चलचित्रको ट्याग भिरेपछि उनले त्यो तनाव र थकाई लामै समय बिसाईन् ।
केकीले पछिल्लो समय मुख्य भुमिका रहेको चलचित्र ‘के घर के डेरा ः घर नम्बर २’हलमा लाग्यो। चलचित्रको कथा गतिलै भए पनि प्रचार प्रसारमा निर्माण पक्षले कन्ज्युँस्याई ग¥यो । त्यसले होला न दर्शकले उनको यो चलचित्र हलमा चलेको छ भन्ने थाहा पाए । न ट्रेलर टिजर,पोस्टर हेरेर दर्शक हलमा गए । धेरैले केकीले यस चलचित्रमा काम गरेको पत्तै पाएनन् । अनि हिट हुनु कसरी ?
हिट अभिनेत्रीले चलचित्रको राम्रो व्यानर र निर्माण टिमको खोजी गर्नुपर्ने हो । तर उनले समयमै अक्कल नपु¥याउदा पुर्पुरोमा हात लगाउनु पर्ने अवस्था आउने संकेत मिलेको छ ।

कुनै बेला अभिनेत्री केकी अधिकारीको कुन चलचित्र हलमा चले र हलबाट उत्रिए पत्तो हुँदैन थियो । उनको चलचित्र ‘कोहलपुर एक्प्रेस’लाई दर्शकले हलमा लागेको नलागेको पत्तै पाएनन् ।

पछिल्लो समय उनले दीपक आचार्यको निर्देशनमा बनेको चलचित्र ‘परान’मा अभिनय गरिन्। उनलाई कामको कुरा गर्ने हो भने खाँसो छैन। एकपछि अर्को चलचित्रमा काम आइ नै रहेका छन् ।

तर राम्रो टिमसँग काम गर्न उनको जाँगर नभएको कि अफरै नआएको बुझ्न सकिएन । हिट अभिनेत्रीलाई लिएर काम गर्न जो कोही निर्देशक तयार हुनु पर्ने हैन र ?
हिट अभिनेत्री केकीको करिअर अब कता ? उही कोहलपुर एक्सप्रेसको पारा कि बोक्सीको घरको बाटोतिर ?? समयले बताउला ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  १० : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।