२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘महानायक’ राजेश हमालको चलचित्र ‘नरसिंहा : अवतार’ प्रर्दशनमा



काठमाडौं
जनस्तरबाट नेपाली चलचित्रका ‘महानायक’को परिचय पाएका राजेश हमालले आठ बर्षपछि अभिनय गरेको नयाँ चलचित्र ‘नरसिंहा : अवतार’ देशभरका चलचित्र भवनहरुमा आजबाट प्रर्दशन सुरु भएको छ ।

निर्माण पक्षका अनुसार देशभरका १ सय ३० हलहरुमा चलचित्र प्रर्दशन भइरहेको छ । गत मंगलबारदेखि चलचित्रको देशभरका हलमा अग्रिम बुकिङ खुलाइएको थियो । यद्यपी बुकिङ सुखद भने छैन । निर्माण पक्षले चलचित्रको प्रचारलाई भने देशव्यापी तीब्र पारेको छ । ‘महानायक’ राजेश हमाल आफैं तीब्र रुपमा प्रचार अभियानमा सहभागी भइरहेका छन् ।

निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको यस चलचित्रमा ‘महानायक’ राजेशसहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, प्रशान्त ताम्राकार लगायतको अभिनय छ ।

चलचित्रको नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने निर्माता रहेका छन् ।
आज शुक्रबारबाट सोलो प्रर्दशनको अवसर पाएको चलचित्र ‘नरसिंहा : अवतार’सँगै पछिल्लो समय हलहरुमा ‘ऊनको स्वीटर’ र ‘के घर के डेरा २’ ले राम्रै व्यापार गरिरहेका छन् । हलहरुमा नेपाली ‘अञ्जिला’ र अन्य हिन्दी चलचित्रहरु पनि प्रर्दशनरत छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।