१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ट्रेड टावरको आइपिओ खुल्यो



काठमाडौँ
ट्रेड टावरको प्राथमिक शेयर ९आईपीओ० मा आवेदन खुला भएको छ ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
जसमध्ये ३ लाख ९७ हजार १६९।३० कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले बाँकी रहेको ३५ लाख ७४ हजार ५२३।७० कित्तामध्ये १ लाख ९८ हजार ५८४।६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३।८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ भने बाँकी रहेको ३२ लाख ९६ हजार ५०५।१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यस आइपिओमा आवेदन दिन सकिने अन्तिम मिति जेठ १९ रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।