उनको चलचित्र ‘कबड्डी ४’,‘जारी’,‘घर ज्वाइँ’ होस् या पछिल्लो समय प्रदर्शन भइरहेको चलचित्र ‘ऊनको स्वीटर’ । चलचित्रले बक्स अफिसमा छलाङ मारिरहेको छ
काठमाडौं
कसको भाग्य कसरी चम्कन्छ भन्ने कुरा कसैलाई थाहा हुन्छ र ? को मान्छे कसरी चम्कन्छ र सदाबहादर बन्नेछ भन्ने कुराको सायदै आंकल गर्न सकिदैन । त्यस्तै भएको छ अभिनेत्री मिरुना मगरलाई ।
बेलायमा जन्मिएर हुर्किएकी उनले दर्जनौ नेपाली सिनेमामा अभिनय गरेकी छिन् । अहिले पनि उतिकै मात्रामा सक्रिय छिन् । उनले अभिनय गरेका सुरुवातका चलचित्र ‘लालपुर्जा’ले बक्स अपिस खाली गरायो । उनको करिअरमा नै धक्का पुग्यो । पहिलो सिनेमा नै फ्लप भएपछि पनि उनले काम भने पाइरहिन् ।
‘लालपुर्जा’पछि लगातार चलचित्रहरु ‘लाहुरे’, ‘रोज’,‘साइनो’, चचहुँई’मा काम गरिन्। जति गरिन ति सबै चलचित्र लगातार फ्लप भए । लगातार चलचित्रहरु फ्लप भएपछि उनलाई तनाव नहुने कुरै भएन ।
अनलक्की हिरोइन्को रुपमा समेत ट्याग पाएकी मिरुना यतिबेला नेपाली चलचित्र नगरीमा चकाचक हिट छिन् । उनले जुन चलचित्रमा अभिनय गर्यो त्यहीँ चलचित्रले बक्स अफिसमा छलाङ मारिरहेको छ ।
चलचित्र ‘कबड्डी ४’,‘जारी’,‘घर ज्वाइँ’ होस् या पछिल्लो समय प्रदर्शन भइरहेको चलचित्र ‘ऊनको स्वीटर’। हलवालाहरुले यस चलचित्रलाई हिट चलचित्रको ट्याग दिइसकेका छन् । यो चलचित्रले १० करोडभन्दा ज्यादा व्यापार गरिरहेको छ । देशभरका १ सयचन्दा धेरै हलहरुमा चलचित्र चलिरहेको निर्माण पक्ष बताउछ ।
अघिल्लो वर्ष सुपरहिट बनेको चलचित्र ‘जारी २’को छायांकनमा पुर्व पाँचथर आसपासमा भइरहेको छ । त्यसैले त मिरुनाले जुन चलचित्र छोयो त्यो हिट भनिएको हो ।
लगातारको मेहनत र सर्मपणले जो को कोही कलाकार सफल बनेका धेरै उदाहरण छन् । कलामा साधना चाहिन्छ भनेको त्यतिकै होइन ।








प्रतिक्रिया