काठमाडौं
नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया