काठमाडौं
चलचित्र ‘द ब्ल्यू लाइट’को काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज शुभमुहूर्त गरिएको छ ।
शुभमुहूर्त कार्यक्रममा अभिनेत्री अर्पण थापा, आयुसमान देशराज जोशी, , सृष्टि श्रेष्ठलगायत कलाकारहरु सहभागी थिए ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन रहनेछ । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।
काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ । चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।
निर्देशक चौहानले चलचित्रको कथावस्तु गोप्य राखेका छन् । “विस्तारै हाम्रा प्रचार कन्टेनमार्फत कथावस्तुबारे हामी जानकारी दिँदै जानेछौँ,” निर्देशक चौहानले भने, “हामी यो जानराकै एक उत्कृष्ट सिनेमा बनाउने छौँ । दर्शकले रुचाउने चलचित्र बनाउने छौँ ।”
चलचित्रको छायांकन २२ गते विहिबारबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।








प्रतिक्रिया