२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बाठी गरिमा !!!



ललितखबर
नेपाली चलचित्र क्षेत्रमा टिक्न गाह्रो छ । चर्चा कमाएर बिक्न झनै गाह्रो छ ।
कतिपय कलाकार सार्वजनिक स्थलमा आफूलाई सही प्रस्तुत गर्न जान्दैनन । सञ्चारमाध्यमहरुमा जे पायो त्यही बोल्छन् अनि विवादमा आउछन् । गसिपको बिषय बन्छन् ।
नेपाली रजतपटमा बाठो कलाकारले छलाङ मारेको देखिएकै हो । शुरुमा सोझी निर्दोश अनुहार भएकी गरिमा शर्मा आजकल बाठी भएकी छिन् रे ।
मोडल हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरिकी गरिमा शर्माले आफू बाठी रहेको दाबी गरेकी छिन् । चलचित्र जन्ते बाख्रोको पत्रकार भेटघाटमा उनले आफू पछिल्लो समय बाठो हुँदै गएको अनुभव सुनाइन् ।
भनिन्, ‘चलचित्र उद्योगमा काम गर्दा गर्दै म धेरै बाठी भएकी छु । मलाई धेरै कुरा चलचित्र क्षेत्रले सिकाएको छ ।’
अभिनेत्री गरिमाले पत्रकारहरुको प्रश्नबाट कसरी बच्ने ? कुटनीतिक जवाफ कसरी दिने ? एता पनि ठिक्क उता पनि ठिक्क बन्न जानेको उनले अनुभव सुनाइन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।