चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रर्दशनको काउण्टडाउन सुरु भएको छ ।
चलचित्र प्रर्दशनको सयदिने काउन्ट–डाउन सुरु गर्दै निर्माण पक्षले आज पोस्टर पनि सार्वजनिक गरेको छ । ‘अभिमन्यु’ आगामी भदौ २७ गते प्रर्दशन हुँदैछ ।
पोस्टरमा तराइको धानबारीको फाँट र छेउमा केराको बगानमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ । उनीहरू दुवै मधेसी समुदायका छन् ।
चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु स् च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो स् रोड टु डेथ’ निर्देशन गरेका थिए ।
‘अभिमन्यु स् च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा प्रर्दशन हुनेछ ।








प्रतिक्रिया