काठमाडौं
आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।
चलचित्रमा सौगात मल्ल, आसिफ शाह, गरिमा शर्मा समापिका गौत्तम,कुशुम शर्मा,रमा थपलियालगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको निर्देशक सिमोश सुनुवार रहेका छन् ।
प्रेम र कमेडी मिश्रित चलचित्रको निर्माण पक्षले राजधानीमा आयोजना गरेको प्रिमियरमा सहभागीहरुले चलचित्र राम्रो रहेको भन्दै प्रतिकृया दिएका थिए ।
मुइन इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्र ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । यस अघि खुलेको अग्रिम बुकिङ उत्साहजनक भने छैन । देशभरका करिव १ सय ५० पर्दामा चलचित्र प्रर्दशनको शो खुलेको निर्माण पक्षको भनाई छ ।








प्रतिक्रिया