२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मापदण्डविपरीत पाउरोटी बनाउने फ्याक्ट्रीलाई दश हजार जरिवाना



उदयपुर (गाईघाट)

गुणस्तरहीन पाउरोटी उत्पादन गरेको भन्दै त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित उद्योगलाई स्थानीय प्रशानले जरिवाना गरेको छ ।

मापदण्डविपरीत पाउरोटी बनाउने फ्याक्ट्रीलाई दश हजार जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको बताएको छ ।

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।