२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ यही साउन १६ गतेबाट प्रदर्शनमा



काठमाडौं
बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथामा आधारित

नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ यही साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो

विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । निर्देशक पोखरेलले हजारौँ म्युजिक भिडियो निर्देशनको अनुभव सँगालेका छन् भने निर्माता प्रधान दशकौँदेखि गीत सङ्गीत निर्माणमा सक्रिय छन् । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

 

चलचित्रको नाम नेपालीहरू मजदुरी गर्न जाने देशहरू कतार तथा साउदी अरेबियाको करेन्सी ुरियालु र मलेसियाको करेन्सी ुरिङ्गेटुलाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।” यो ट्यागलाइनले चलचित्रको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ, जसले सपनाभित्र लुकेको दुःख, शोषण, परायापन र कहिलेकाहीँ मृत्युजस्ता कठोर यथार्थलाई चित्रण गर्छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।

चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।