२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जहाजैमा’ निर्देशन गर्दै निर्देशक कृषा



चलचित्र ‘जहाजैमा’ निर्देशन गर्दै निर्देशक कृषा, जापान र फिलिपिन्समा छायांकन गरिदै

एक्सन विधाको चलचित्र ‘पिताम्बर’को निर्देशन गरेर चर्चामा आएकी कृषा चौलागाईले चलचित्र ‘जहाजैमा’ निर्देशन गर्ने भएकी छिन् ।
आगामी भदौंबाट नेपाल,जापान र फिलिपिन्समा छायांकन हुने यस चलचित्र सन् २०७६ भित्र प्रर्दशन गर्ने योजना रहेको छ ।

केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन् ।
यो चलचित्रको नाम ‘जहाजैमा’ राखिएको छ । चलचित्रका लागि अहिलेसम्म कलाकार छनौट भइसकेको छैन । चलचित्र पुरुषोत्तम प्रधानले छायांकन गर्ने छन् ।

जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ । चलचित्रमा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।