२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल आइडलकी प्रतियोगी गंगा सोनाम चर्चामा



ललितखबर
नेपाल आइडलकी प्रतियोगी गंगा सोनाम पछिल्लो समय चर्चामा छिन् ।
सिन्धुपाल्चोकबाट राजधानी आएर साँगेतिक कर्ममा होमिएकी सोनामले आइडलमा देउडा गीत गाएर जर्जहरुको मन जितेकी थिइन् । उनले थियटर राउण्डमा लेकैमा फुल्यो लै लालीगुराँस गाउदा निर्णायक कालीप्रसाद बास्कोटा र न्ह्यु बज्राचार्य लठ्ठै परेका थिए ।

थियटर राउण्डको अन्तिम २३ मा पर्न सफल सोनामप्रति समर्थकको रोजाईमा छिन् । उनलाई सामाजिक सञ्जालमा पछ्याउने संख्या निरन्तर बढ्दो छ भने उनको गीत सुनेर युट्युवमा सकारात्मक प्रतिकृयाको ओइरो लागेको छ । धेरै समर्थकले उनलाई नेपाल आइडलमा हेर्न चाहेको प्रतिकृया दिएका छन् । उनले गाएका गीतका फुटेजहरु सामाजिक सञ्जालमा यत्रतत्र देखिन थालेको छ ।

गंगाले बेल बटम बोलको गीत समेत युट्युवमा हेर्न र सुन्न सकिन्छ ।
रामकुमार नेपालीसँग उनी संगीत प्रशिक्षण लिइरहेकी छिन् । उनका दाई दिपक सोनाम समेत साँगेतिक र मोडलिङ क्षेत्रमा संर्घषरत छन् ।

मिठो र मौलिक स्वरमा गीत गाउने प्रतियोगी सोनाम निर्दोष बोलीचाली र हाउभाउका कारण पनि धेरैको आँखामा परेकी हुन् ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।