२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अञ्जिला’ हेर्न सस्तो दरको टिकट उपलव्ध हुने



काठमाडौं
चलचित्र ‘अञ्जिला’ सस्तो दरको टिकट काटेर हेर्ने सुविधा पाइने भएको छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै देशभरका हलमारू. १०० दरमा चलचित्र देखाउने तयारी गरेको बताए । निर्माता श्रेष्ठले भने, ‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ ।’
गत वर्षको फागुन २९ गते प्रर्दशन सुरु भएको नेपाली चलचित्र लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र निरन्तर प्रदर्शनमा छ । बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ ।
मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ ।
हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माता श्रेष्ठले बताएका छन् ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यस चलचित्रमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।