४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लुभु लामाटार क्षेत्रका १३ जना युवाहरु जुवातास खेलिरहेको अवस्थामा पक्राउ



 

ललितपुर
लुभु लामाटार क्षेत्रका १३ जना युवाहरु जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ९ लुभु लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरमा जुवातास खेलिरहेको अवस्थामा जोसिराज समेत १३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४७ हजार ६ सय ३५ रूपैयाँ, १३ थान मोबाइल र तास ८ बुक सहित पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  २ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।