३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’को सुरुवात गर्ने



काठमाडौं । असार १६ देखि चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात गर्ने भएको छ।

चलचित्र निर्माता संघको १८औँ वार्षिक साधारण सभामा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले ‘रियल टाइम बक्सअफिस’ औपचारिक रूपमा सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

त्यसो त ‘रियल टाइम बक्सअफिस’ अहिले नै छ। तर, असार १६ देखि यसको औपचारिक घोषणा गर्न लागिएको हो। मुलुकका १६५ भन्दा बढी हल बक्सअफिसमा जडान भइसकेको जानकारी पनि उनले दिए।

उनका अनुसार असार १६ देखि चलचित्र विकास बोर्डका सबै सेवा पनि अनलाइनमार्फत हुनेछन्। त्यस्तै बोर्डले प्रदान गर्ने सेवा निर्माण इजाजत, सेन्सर सिफारिसलगायतका सेवा पनि अबदेखि अनलाइनबाटै दिइनेछ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।