२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मिस्टर र मिस एसईई सुपर मोडल २०२५’ को उपाधि दिव्या र श्यामलाई



चौथो संस्करणको ‘मिस्टर र मिस एसईई सुपर मोडल २०२५’ को उपाधि मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जितेका छन् ।
एभरेष्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतीमा भएका सम्पन्न प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र सम्बृद्धि सिलवाल फस्ट रनरअप, स्पर्श तण्डुकार र भेनस राई सेकेण्ड रनरअप, छिरिङ लामा र प्रनिशा खड्का थर्ड रनरअप, भिजन तामाङ र मुस्कान थापा फोर्थ रनरअप तथा प्रतिज्ञा चौधरी फिफ्थ रनरअप घोषित भए ।
त्यस्तै अभिव मल्ल ‘फेस अफ एसईई सुपर मोडल २०२५९पुरुष०’, आरियाना खड्का ‘फेस अफ एसईई सुपर मोडल २०२५९महिला०’, कुशल तामाङ र रोज शाक्य ‘ब्रान्ड एम्बासडर’, रिदम सिलवाल र प्रतिक्षा श्रेष्ठ ‘अर्गनाइजर च्वाइस’, प्रनिशा शाह ‘ब्युटी विथ ब्रेन’, परिना श्रेष्ठ ‘पब्लिक च्वाइस’ र कृञ्जल क्षेत्री ‘भ्युवर च्वाइस’ घोषित भए ।
शीर्ष विजेता दुवैले जनही १ लाख रुपैंयाँ, स्मार्ट फोन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएका छन् । त्यस्तै उनीहरुले एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैंयाँ बराबरको छात्रवृत्ति, आशिका  एकेडेमीबाट मेकअप कोर्ष र फ्लाइटेक इन्टरनेशनलबाट एयर होस्टेस तालिमको छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतियोगिताको कोरियोग्राफर सुगन्धा अधिकारी र अर्शु महर्जन थिए भने प्रतियोगीको पहिरन डिजाइन आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनले गरेको थियो ।

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।