ललितखबर
पछिल्लो समय अभिनेत्री बेनिशा हमाल व्यस्त छिन् । बक्स अफिसमा उनका चलचित्रले भने खासै व्यापार गरिरहेका भने छैनन । तर पनि उनको हातमा लगातार चलचित्रहरु आइरहेका छन् ।
‘सिटामोल’, ‘कल्ली’, ‘मोहर’ र ‘एक्लो’,‘बिगुल’र ‘द ब्ल्यू लाइट’उनका अब आउन लागेका चलचित्र हुन् ।
चलचित्र‘सिटामोल’र ‘कल्ली’ यही साउन २३ गतेबाट देशभर प्रर्दशनको तयारीमा छन् । आफूले अभिनय गरेको दुई चलचित्र उकै दिनबाट प्रदृशन सुरु हुने भएपछि अभिनेत्री बेनिसा आजकल बेचैनी महसुस गरिरहेकी छिन् ।
केही दिनअघि राजधानीमा अभिनेत्री हमालले आफूले अभिनय गरेको चलचित्र नजुधाउन निर्माण पक्षसँग अनुरोध गरेको बताइन् । तर चलचित्र निर्माताको आफ्नै बाध्यता र वितरकको अर्को समस्याका कारण चलचित्र प्रर्दशन सार्न नसकिएको बताइन् ।
भनिन्, ‘दुबै चलचित्रलाई एक सय प्रतिशत समय दिन सकिदैन हो कि भन्ने लागेको छ ।’
अभिनेत्री हमाललाई एउटा चलचित्रलाई धेरै समय दिदा अर्को निर्माता रिसाउने र अर्कोलाई चलचित्रलाई धेरै समय दिदा फेरि अर्को रिसाउने हुन्छ कि तनाव रहेको खुलाइन् ।
पछिल्लो समय निरन्तर चलचित्र निर्माण भइरहेका छन् । एक पछि अर्को चलचित्र प्रर्दशनको लाइन रहेको अवस्थामा दुई वटा चलचित्र प्रर्दशन हुनु सामान्य घटना जस्तै भइसक्यो । त्यसैले व्यस्त कलाकारको चलचित्र प्रर्दशन मिती एउटै हुनु नौलो कुरा भएन । एउटै कलाकारको चलचित्र प्रर्दशन जुधाएर उसैसँग रिसाउन मिल्छ र ? मिल्दैन होला ।








प्रतिक्रिया