ललितखबर
नेपाली चलचित्रका चकलेटी अभिनेता पल शाह धेरै समय म्युजिक भिडियो खेलेरै विताउछन् । पछिल्लो समय उनी थोरै समय चलचित्रका लागि दिइरहेका छन् भने मेला महोत्सव र म्युजिक भिडियो खेल्नैमै व्यस्त छन् ।
पललाई चलचित्र क्षेत्रमा म्युजिक भिडियोको हिरो भन्दै आलोचना गरेको सुनिन्छ । चलचित्रमा उनी विक्न छाडेको भन्दै टिका टिप्पणी समेत हुने गरेको छ । कतिपय चलचित्रबाट उनलाई निर्माता निर्देशकले अनुबन्धन गरे पनि निकालिएको विषयमा हल्ला सुनिन्छ ।
अभिनेता पल शाहले आफू म्युजिक भिडियोमा खेल्न पाउदा गर्व लाग्ने बताएको छन् । राजधानमिा पत्रकारहरुसँग कुरा गर्दै एउटै म्युजिक भिडियोबाट तीनदेखि पाँच लाख रुपैयाँ लिएर काम गरिरहेको र मेला महोत्सवमा सहभागी भएर पैसा कमाईरहेको अनुभन सुनाए । भने, ‘अरु कलाकारहरुलाई पनि यसरी नै अफर आएको भए शायद उहाँहरु प्नि काम गर्नु हुन्थ्यो होला ।’
अभिनेता पलले आफू सँधै आफ्ना प्रशंसकहरुसँग हात समाएर कुरा गर्न मन पराउने बताए । मलाई मेरो अभिनय कस्तो छ आमा, ‘मैले कस्तो काम गर्दा हुन्छ बुवा भनेर समर्थकहरुलाई सोध्न चाहन्छु । त्यसैले म जनतामाँझ पुगिरहेको हुन्छु ।’
नेपालमा ३ प्रतिशतले मात्रै चलचित्र हेर्ने तर्क गर्दै चलचित्र खेल्ने धेरै हिरोलाई सडकमा धेरै दर्शकले नचिन्ने तर आफू म्युजिक भिडियो खेल्ने भएकै कारण धेरै मान्छेहरुले समेत चिन्ने बताए भने, ‘मलाई जसले पनि चिन्छन् । चीनको बोर्डरदेखि भारतको बोर्डरमा समेत चिन्छन् । कतिपयले फिल्म हेरेर चिन्छन् कतिपयले म्युजिक भिडियोको कलाकार भनेर चिन्छन् । मलाई म्युजिक भिडियोको कलाकार भनेर चिन्न पाउदा गर्व लाग्छ ।’








प्रतिक्रिया