
चलचित्र ‘माग्ने राजा’ का लागि हास्य कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक लिएका छन् ।
राजधानीमा चलचित्रको पोस्टर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता मुनाल घिमिरेले घिमिरेलाई ६१ लख पारिश्रमिक दिएको जानकारी दिएका छन् । उनले भने, ‘हामीले उहाँलालाई ५१ लाख पारिश्रमिक दिइसकेका छौं । १० लाख दिन बाँकी छ ।’
चलचित्रका निर्देशक ऋषि लामिछानेले कलकार केदार घिमिरेले अत्यन्त परिश्रमक गरेको बताए भने, ‘उहाँको काम अनुसार १ करोड पारिश्रमिक दिनु पर्ने हो ।’
कलाकार घिमिरेले आफू पारिश्रमिकको कर तिर्ने योजनामा रहेको बताए । चलचित्र यही भदौको ६ गतेबाट प्रर्दशन हुने तयारीमा छ ।
कार्यक्रममा कलाकार घिमिरे सोफामा बसेको पोस्टर सार्वजनिक गरिएको थियो । कलाकार घिमिरे सो कार्यक्रममा पहिरो रंगको सुट लगाएर सोफामा बसेका थिए ।








प्रतिक्रिया