२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनमोल केसीसहित ‘फर्कीफर्की’ टिमविरुद्ध अदालतमा मुद्दा



काठमाडौं । चलचित्र ‘फर्कीफर्की’ कानुनी विवादमा तानिएको छ। नायक अनमोल केसीले फिल्ममा बोलेको संवादमा व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरिएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट निवेदन दायर गरिएको हो।

नरेन्द्रकुमार श्रेष्ठ नामक व्यक्तिले आफूलाई फिल्ममा प्रयोग भएको मोबाइल नम्बर आफ्नै भएको दाबी गर्दै, त्यसका कारण मानसिक र शारीरिक पीडा भएको बताएका छन्। उनले आफ्नो नम्बर फिल्मको संवादमा प्रयोग गरिएको मात्र होइन, एमएसएम ओटीटी प्लेटफर्ममा समेत हटाइएको छैन भनेर आरोप लगाएका छन्।

श्रेष्ठका अनुसार, दर्शकहरूले अनमोल केसीको भनेर सो नम्बरमा लगातार फोन गरेपछि आफू मानसिक रूपमा पीडित बन्नुपरेको हो। श्रेष्ठले नायक अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र केन्द्रीय जाँच पास समितिलाई विपक्षी बनाउँदै रिट निवेदन दायर गरेका छन्।

गत वर्षको जेठ १० गतेबाट प्रदर्शनमा आएको ‘फर्कीफर्की’ फिल्मले व्यापारिक सफलता हासिल गर्न नसके पनि अहिले कानुनी विवादमा मुछिँदै पुनः चर्चामा आएको छ।

यस विषयमा हालसम्म फिल्म टिमको औपचारिक प्रतिक्रिया आइसकेको छैन।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।