२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रधानमन्त्रीले गरे गायिका एलिना र समिक्षाको प्रशंसा



 

प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाहरु एलिना चौहान र समिक्षा अधिकारीको प्रशंसा गरेका छन् ।
‘सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने तर्क गर्दै ‘समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउनख ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।’ भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरेका हुन् ।

 

केही दिनअघि दुवै गायिकाले सामाजिक सञ्जालमा गाली गरेर लेख्नेहरुको प्रोफाइल सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्रीले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन भन्दै गायिका समिक्षा र एलिनालाई प्रोत्साहन दिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीलाई समेत सामाजिक सञ्जालमार्फत गालीको बर्षा नै हुने गरेको छ । प्रधानमन्त्री विरुद्ध बोल्ने कतिपय व्यक्तीहरुलाई साइवर क्राइमको मुद्दा समेत लगाइएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।