२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


असारे रोपाईमा दीपा, प्रियंका, पूजालगायतको छमछमी नृत्य



ललितखबर
आजकल गाँउघरतिर असारे रोपाईको चटारो छ ।
बर्षे बाली लगाउने उराठलाग्दो यो समयमा रमाइलो गीत सार्वजनिक भएको छ ।
निर्माणाधिन चलचित्र ‘हली’ प्रचारात्मक गीतमा कलाकारहरु दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालगायतको आर्कशक नृत्य गरेका छन् ।

राजधानीमा औपचारिक कार्यक्रमबीच सार्वजनिक गीतमा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीत सार्वजनिक गरिएको हो ।
च्लचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ ।
चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको संगीत, कुमार महर्जनको एक्सन, कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ ।

सुभ चिरायू फिल्मस्सँग जापुरा फिल्मस् प्रोडक्सनको व्यानरले सहकार्य गर्दै निर्माण गरिएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।
कलाकारहरुको बलियो नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ । वास्तविक जीवनका घटनाहरुबाट प्रेरित भनिएको यो फिल्ममा नम्रता भण्डारी सह–निर्माताको रुपमा छिन् ।
अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, राम प्रसाद चौधरीको सम्पादन छ । फिल्मको प्रमोशनल गीतलाई भने विपिन मल्लले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । फिल्ममा राहुल राइको छायांकन छ ।
फिल्ममा
कार्यक्रममा बोल्दै निर्मात्री जश्मिन श्रेष्ठले देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी रहेको कथा यो फिल्मले बताउने जानकारी दिइन् । आफूहरुलाई दर्शकहरुले साथ दिएको खण्डमा निरन्तर रुपमा फिल्ममा काम गर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।