१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


श्रमको नयाँ गन्तव्य स्पेन


२५ पुस २०७६, शुक्रबार  

0
Shares


२५ पुस ०७६, काठमाडौं । नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम ,रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताउनुभयो । श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसंग सहकाय गर्न आफुहरु आतुर रहेको बताउदै स्पेनसंग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने बिश्वास ब्यक्त गर्नु भयो ।
नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्च स्तरीय टोली मार्फत नै मन्त्रिलाई नेपाल आउन आमन्त्रण समेत गर्नुभयो ।
पर्यटन बर्ष २०२० को शुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटन मन्त्रि नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्च स्तरीय टोलीसंगको भेटघाट कार्यक्रम नेपालमा उच्च स्तरीइ टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध बिगत ५ दशकदेखि रहेको बताउदै उहाँले नेपाल भ्रमण बर्ष २०२० को शुरुवातसँगै आएको मन्त्रि सहितको उच्च स्तरीय टोलीलाई नेपाल प्रती सदभाव र ममत्व देखाई सहकार्य गर्न आएको प्रति हार्दिक आभार समेत ब्यक्त गर्नूभयो ।
श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको टिप्पणी गर्दै नेपाल कृषि प्रधान देश रहेका उल्लेख गर्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिदै कृषि लगायत पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै संभावना रहेको बताउदै सो क्षेत्रमा लगानी गर्न आग्रह समेत गर्नुुभयो ।
त्यसैगरी स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सदभाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै आफुहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले नेपाल जस्तै स्पेन सरकारपनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताउदै निकट भबिश्यमा नै स्पेनका श्रममन्त्री सहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उच्च स्तरीय टोलीमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डो, क्यासेरेस सिटी काउन्सिलका मेयर लुइस सायाला जुलियन, एक्स्ट्रेमादुरा सरकारको बाह्य मामिलाका महानिर्देशक रोजा बालास टोरेसका उपाध्यक्ष मारिया डेल पिलर अकोस्टा, लुम्बिनी गार्डन फाउन्डेशनका अध्यक्ष जोसे मानुएल भिलानोवा तथा लुम्बिनी गार्डन फाउन्डेशनका सचिव एकराज गिरी रहेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।