१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रोपाईँ उत्सवमा कलाकारहरुको रमाइलो (तस्विरहरु)



 

काठमाडौँ

राजधानीको रोपाईँ उत्सवमा कलाकारहरुको रमाइलो गरेका छन् ।
२२ औं धान दिवसको उपलक्ष्यमा राष्ट्रिय लोक सन्चारकर्मी नेपालले आयोजना गरेको रोपाईँ उत्सवमा थुप्रै गायक गायिका सहभागी भए ।

गोकर्णेश्वर ७ शिवचोकको फाँटमा आयोजना गरिएको कार्यक्रममा साँस्कृतिक कार्यक्रमपछि धान रोपाईमा सरिक भएका थिए ।

कार्यक्रममा वरिष्ठ गायक, संगीतकार, चलचित्र निर्देशक नारायण रायमाझीसँगै बद्री पँगेनी, नवीन पौडेल, मञ्जु पौडेल, सरोज लामिछाने र लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, मोडल एलिजा गौतम, सन्जु न्यौपाने, बालगायिका आयुशा गौतम लगायतको उपस्थिती थियो ।
यस्तै उक्त रोपाईँ उत्सवमा घाँसेगीतका ज्ञाता शिवनारायण जोशी र नारायण रायमाझीलाई सम्मान पनि गरिएको थियो । आयोजक संस्था राष्ट्रिय लोक सन्चारर्की नेपालका अध्यक्ष चन्द्रमणी गौतमले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यका साथ संस्थाले हरेक बर्षको असार १५ मा रोपाईँ उत्सव गर्दै आएको जानकारी दिए ।


साथै उनले संस्थाले बिशेषगरी नेपाली मौलिक, सँस्कृति झल्किने कार्यक्रममा जहिले पनि जोड दिने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसालले लोक सन्चारकर्मीको नेपालले सँस्कृति र नेपालको पहिचान जोगाउनका लागी भूमिका खेलेकोमा धन्यवाद ब्यक्त गरे । साथै कृषिमा नेपाललाई आत्मनिर्भरता बनाउनका लागी हामी सबै कृषकहरुकै मुख्य भूमिका हुने भन्दै उनले कृषीमा जोड दिन आग्रह गरे ।

 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।