काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा बढ्दो अभद्र व्यवहार र अमर्यादित टिप्पणीविरुद्ध कडा कदम चाल्दै साइबर ब्यूरोमा उजुरी दिएकी छन्।
अर्की गायिका समीक्षा अधिकारीसँग मिलेर ‘सामाजिक सञ्जालमा सम्मान र सुरक्षा’ प्रवद्र्धन गर्ने अभियान पनि सञ्चालनमा राखेकी छिन्।
एलिनाले सामाजिक सञ्जाललाई सकारात्मक ठाउँ बनाउन अभियान सुरु गरेको बताउँदै भनिन्, “सामाजिक सञ्जालमा हुने नकारात्मक कमेन्ट र व्यवहारले व्यक्तिगत मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ। यसलाई रोक्न कानुनी कदम उठाउनु र सचेतना फैलाउनु दुवै आवश्यक छ।”
चार जनाविरुद्ध आधिकारिक जाहेरी दिइसकेकी एलिनाले थप भनिन्, “माफी माग्नेहरूलाई माफी दिएको छु तर सुधार नआएपछि कानुनी प्रक्रिया अगाडि बढाउनु परेको छ। हाम्रो अभियानले अरुलाई पनि आफ्नो व्यवहार सुधार्न प्रेरित गर्ने विश्वास छ।”
उनी यो अभियानमा १० दिनको ब्रेक लिएर ध्यानपूर्वक अघि बढेकी छिन् र सामाजिक सञ्जालमा आफ्ना कार्यक्रमहरू समेत स्थगित गरेकी थिइन्। “माथि परेको तनावले मलाई यस्तो कदम चाल्न बाध्य पारेको हो,” एलिनाले भनिन्।
यस अभियानले कलाकार र राजनीतिज्ञहरूबाट समेत प्रशंसा पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एलिना र समीक्षा अधिकारीलाई ‘साहसी छोरीहरू’ भन्दै सम्मान गरेका छन् भने, कलाकार ऋचा शर्मा र मोडल प्रिन्सीले पनि आफ्नो पक्षमा आवाज उठाइसकेका छन्।








प्रतिक्रिया