१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गौशालाबाट लुटपाट गर्ने पाँच जना युवाहरु पक्राउ



काठमाडौं
काठमाडौंको गौशालाबाट लुटपाट गर्ने पाँच जना युवाहरु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ उनीहरु प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका४ बस्ने ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका ३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका ६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका ३ घर भएका ३० वर्षीय राजु तामाङ र रामेछाप मन्थली नगरपालिका १६ घर भएका ३० वर्षीय राजकुमार माझी रहेका छन् ।
काठमाडौं महानगरपालिका ९ गौशाला रुन्चेडाँडास्थित सार्वजनिक सडकमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई उनीहरूले धाक धम्की देखाएर उनीसँग रहेको नगद ४५ हजार रूपैयाँ लुटपाट गरेको थिए । लुटपाटको खबरपछि उनीहरूलाई काठमाडौं गौशालाबाट लुटपाट गरेको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरिएरको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।