२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिकाद्वय समिक्षा र एलिनामाथि निरन्तर साइवर हिंसापछि भेटे गृहमन्त्री



 

गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग आज भेटघाट गरेका छन् ।

गायिकाद्वय समिक्षा र एलिनामाथि निरन्तर साइवर हिंसा हुने क्रम बढेपछि उनीहरुले आज गृहमन्त्रीसँग भेट गरेर समस्या सुनाएका हुन् ।
गृहमन्त्री लेखकसँगको भेटमा गायिकाहरूले साइबर अपराध विरुद्ध कडा कारबाहीको माग गरेका छन् ।
उनीहरुले गतसोमबार नेपाल प्रहरीको साइवर व्युरो भोटाहिटी पुगेर उजुरी समेत दर्ता गराएका छन् भने पछिल्लो समय आफूहरुमाथि सामाजिक सञ्जालको कमेन्ट मार्फत निरन्तर गालीगलैजा हुन थालेपछि उनीहरुले पिडकको प्रोफाइल र कमेन्ट सार्वजनिक गरिरहेका छन् । तर पनि गाली र व्यइज्जती गर्ने क्रम रोकिएको छैन ।

“सामाजिक सञ्जाल स्वतन्त्रताको माध्यम हो, तर त्यो स्वतन्त्रता अरूको सम्मान र अस्तित्वमाथि प्रहार गर्न दिइनु हुँदैन,” गायिकाद्वयले गृहमन्त्री लेखकसँगको भेटमा भनेका छन् ।

उनीहरूले सामाजिक सञ्जालमा अश्लील गालीगलौज र निरन्तर अनलाइन दुव्र्यवहार गरिरहेका प्रयोगकर्ताहरूविरुद्ध कडा कानुनी कदम चाल्न आग्रह गरेका छन् ।

गृहमन्त्रीसँग भेटपछि गायिका चौहानले सामाजिक सञ्जालमालेखेकी छिन्, “जब कुराहरू व्यक्तिगत जीवनमा असर पुर्‍याउने तहमा पुग्छन्, त्यो सह्य हुँदैन ।”
गायिका चौहाले यस्ता कृत्य गर्नेहरू आफ्नो फ्यान नभएको तर्क गरेकी छिन् । उनले भनेकी छिन्,–‘यो कदम कुनै रिस वा प्रतिशोधबाट होइन, आफ्नै अस्तित्व जोगाउने अधिकारका लागि हो ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।