५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रको पारिश्रमिकलाई लिएर केकी अधिकारी असन्तुष्ट, मिरुना भने खुशी



ललितखबर
नेपाली चलचित्रका पुरुष पात्रको अभिनय गर्ने कलाकारहरुको पारिश्रमिकको सधै चर्चा हुने गरेको छ । पछिल्लो समय केदार घिमिरे ‘माग्नेबुढा’ले एक चलचित्रका लागि ६१ लाख लिएको र नलिएको  भन्ने विवाद छताछुल्ल भएकोछ ।
केही समय अघि अनमोल केसीले ५० लाख पारिश्रमिक लिएको प्रमाण स्वरुप कर कार्यालयको कर दाखिला कागज नै सार्वजनिक गरेका थिए ।
तर बक्सअफिसमा सुपरहिट भएको चलचित्र ‘बोक्सीको घर’की अभिनेत्री केकी अधिकारीले भने आफूहरुको पारिश्रमिक सधै न्युन रहने गरेको भन्दै असन्तुष्टि पोखेकी छिन् ।
अभिनेत्री अधिकारीले बक्सअफिसलाई सुपरहिट चलचित्र दिए पनि कुनै भ्यालु नभएको महसुस गरेको बताइन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले भनिन्, ‘हामीले अभिनेत्री चलचित्रका लागि महत्वपूर्ण छन् भन्ने प्रमाणित नै गर्न सकेका छैनौं । आफ्नो पारिश्रमिक धेरै लिनु त परको कुरा अभिनेत्रीले अभिनेताको समय मिले मात्रै चलचित्रमा काम पाउने अवस्था छ । नत्र एक फोन कलमा चलचित्रबाट विदा लिनुपर्छ ।’
अभिनेत्री मिरुना मगर भने आफ्नो पारिश्रमिकको चर्चा नभइदिए हुन्थ्यो भन्ने लाग्ने रहेको छ । आफूले राम्रो काम गर्दै जादा पारिश्रमिक बढ्दै जाने कुरामा आफू विश्वस्त रहेको बताइन् । भनिन्, ‘म खुशी नै छु ।’ अभिनेत्री मिरुना प्रशंसकले अभिनयको तारिफ गरेको कुरामा मख्ख पर्ने गरेको अनुभव सुनाइन् ।

 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।