भर्खरै मिठो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ । निर्माणाधिन चलचित्र ‘मोहर’मा समावेश सो गीतमा अभिनेता पल शाह र बेनिशा हमाल छमछमी नाचेका छन् ।\
यही साउनको २३ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ .गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।
सार्वजनिक गीतको भिडियोमा भिडियोमा दुइको नोकझोक पनि देखिन्छ । यसले, चलचित्र भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि देखाएको छ ।
यसअघि सार्वजनिक चलचित्रको शिर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो । चलचित्रमा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।
यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ ।
फिल्म मेकर्स प्रा।लिको व्यारनमा निर्माण भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।
फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । चलचित्रको टिजरले दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ ।
देउकी प्रथाको कथामा तयार भएको यो चलचित्रमा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ ।








प्रतिक्रिया