राजधानीमा चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रिमियर आयोजना गरिएको छ ।
प्रिमियरमा कलाकार पत्रकार र शुभेच्छुकहरुको सहभागिता थियो ।
चलचित्रको प्रिमियर हेर्न पुगेका पत्रकार टिकाराम यात्री ,लोकगायक बद्रि पगेनी ,राधिका हमाल, नृत्य निर्देशक कमल राई ,निर्देशक राजेन्द्र सलभ , ऋषि लामिछाने, पूर्व संसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल , निर्माता राजकुमार राई , कलाकार संघका अध्यक्ष मोहन निरौला ,निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली , प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा , कमेडियन दिनेश काफ्ले लगायतले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विश्वभर रहेका हरेक नेपाली हेर्नुपर्ने चलचित्र बनेको बताएका छन् ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ हेरेपछि निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताउँदै भने, ‘चलचित्रले नयाँ पुस्ता मात्र होइन, अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको छ।’
कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र भएको बताए। निर्देशक अशोक शर्माले फिल्मको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र बनेको भन्दै चलचित्रको विषयवस्तुमा प्रशंसा गरेकी थिईन् ।
संचारकर्मी सुशील नेपालले बिदेशमा हुदा नेपाली भाषा, साहित्य, कला र देशको महत्व थाहा हुने हुदा चलचित्रले यो सबै कुरा देखाउन खोजेको बताए । उनले राज्यले यस्ता चलचित्रलाई कर छुट दिनुपर्ने सुझाव पनि दिए।
चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङले प्रिमियरमा उपस्थितिले चलचित्रको खुलेर तारिफ गरेको सुनिन्थ्यो ।
चलचित्रका निर्देशक मित्र प्रधान (नर) ले चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफुलाई हौसला मिलेको बताए ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।
मित्र प्रधान ९नर० को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव
चलचित्र भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।
ो जोखिम छ । सर्तक रहनुहोला ।








प्रतिक्रिया