गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ ।
पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्र नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ । निर्देशक पन्तले कथा लेखन पनि आफैं गरेका छन् ।
नेपाली परिवेशको कथामा निर्माण गरिने चलचित्र ‘बाकस’ नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ।
हाल चलचित्रको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन् । तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो चलचित्र २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।








प्रतिक्रिया