राख्यो नयाँ रेकर्ड, पुग्यो एक नम्बर ट्रेडिङमा
पछिल्लो समय गायक दुर्गेश थापाको गीत ‘जाने भए जाम माया’ले इन्टरनेटमा नयाँ रेर्कड बनाउदै सनसनी फैलाएको छ ।
२१ घण्टा अघि सार्वजजिक भएको सो गीत १७ लाख १७ हजारले हेरिसकेका छन् भने युट्युवको गीत सेक्सनमा एक नम्बर ट्रेडिङमा पुगेको छ ।
गायिका विष्णु माझीको रेकर्ड तोड्दै दुर्गेश थापा र भ्लगर सिसन बानियाँको यस नयाँ गीत २१ घण्टामा धेरै पटक हेरिएको छ । यसअघि सो रेकर्ड गायिका विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले एक दिनमा १५ लाख पटक हेरेर बनाएको थियो ।
गायक थापा थापाको यसअघि मेरो दुस्मन छ धेरै बोलको गीत समेत चर्चामा थियो ।
गायक दुर्गेश थापा आफूलाई गायक भन्दा पनि प्रफमर भनेर चिनाउछन् । उनी स्टेज प्रस्तुतीका कारण चर्चामा रहन्छन् । उनले हालसम्म लाखौं दर्शक श्रोताको मन जितिसकेका छन् ।








प्रतिक्रिया