२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर वर्षा बढ्ने : आइतबार र सोमबार विशेष सतर्कता अपनाउन मौसमविद्‌को सुझाव



काठमाडौं । आगामी आइतबार र सोमबार देशभर वर्षा बढ्ने भएकोले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार शनिबारको तुलनामा आइतबार र सोमबार वर्षाको सम्भावना अझ बढी रहेको छ।

मौसमविद्का अनुसार कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। शनिबार बेलुका महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा पनि ती प्रदेशमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना औंल्याइएको छ।

राजधानी काठमाडौंमा पनि आइतबार र सोमबार मध्यम वर्षा हुने अनुमान गरिएको छ। दिउँसो र रातिको समयमा वर्षा हुने सम्भावना रहेको बताइएको छ। यस वर्षको मनसुनमा खासै वर्षा नभएको तराई भूभाग—विशेषतः मधेस प्रदेशमा पनि अबको तीन दिनभित्र वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताएका छन्। सुक्खा अवस्था झेलिरहेका पूर्वी तराईमा यो वर्षाले केही राहत दिने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।