२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिसेज व्यूटी क्वीन नेपाल २०२० को ट्यालेन्ट सो सम्पन्न


२६ पुस २०७६, शनिबार  

0
Shares

सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेजव्यूटी क्वीन नेपाल २०२०मा सहभागी प्रतियोगीहरुको आन्तरीक प्रतिभा प्रर्दशन कार्यक्रम ।

२६ पुस ०७६, काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको लेट मिइन मिसेज व्यूटी क्वीन नेपाल २०२० मा सहभागी भएका १६ जना प्रतियोगीहरुले आफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी प्रतियोगीहरुले नृत्य, गायन, नाटक मुक्तक,कविता साथै महिलाहरुको हकहितको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेजव्यूटी क्वीन नेपाल २०२०मा सहभागी प्रतियोगीहरुको आन्तरीक प्रतिभा प्रर्दशन कार्यक्रम ।

कार्यक्रममा सहभागी प्रतियोगी सन्तोषी शाहीले छाउपीढीको विषयमा आफ्नो विचार राख्नु भएको थियो भने समिसा गिरीले रिमिक्स गितमा दमदार नृत्य प्रस्तुत गर्नु भएको थियो । रिता कार्की, सृजना गौतम, अमिता अमात्य, रस्मीला शाही, दिपा ढुङ्गाना र सुहाना अर्यालले पनि नेपाली गितमा नृत्य प्रस्तुत गरी आफ्नो प्रतिभा देखाउनु भएको थियो । सविता सर्मा, सुम्नीमा चौधरी, सिता अर्चना पौड्याल र उर्मीला खत्रीले महिला अधिकारको विषयमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो । सृजना पनेरुले भने मुक्तक वाचन गर्नुभएको थियो । सरिता कर्णविहारीले नाटक प्रस्तुत गर्नु भयो । त्यसैगरी देवकला पुन र रन्जना निरौलाले कविता वाचन गरेर आफ्नो प्रतिभा प्रर्दशन गर्नु भएको थियो ।

सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेजव्यूटी क्वीन नेपाल २०२०मा सहभागी प्रतियोगीहरुको आन्तरीक प्रतिभा प्रर्दशन कार्यक्रम ।

कार्यक्रमको निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, गायीका विष्णुमाया पौडेल र जुम्वा प्रशिक्षक सोनाम केसी रहुन भएको थियो । कार्यक्रमको अन्तिम छनौट यहि माघ २ गते नाचघर जमलमा हुनेछ । साथै प्रतियोगिताका विजेताले “लेट मिइन मिसेस व्यूटी क्वीन नेपाल २०२०”को उपाधी सहित टिभिएस स्कुटर, इन्डोनेसीयाको वाली भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु उपहारहरु पाउने छन् । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ०४ बजे