काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा सम्पन्न ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ मा निर्देशक मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बला’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित गरिएको छ ।
सोही फिल्मका लागि मीनबहादुर भाम ‘उत्कृष्ट निर्देशक’को रूपमा पुरस्कृत भए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ठहरिएका कलाकार तथा प्राविधिकहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए ।
अन्य विजेताहरू:
उत्कृष्ट अभिनेता: विजय बराल (‘पूर्णबहादुरको सारंगी’)
उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (‘खुस्मा’)
उत्कृष्ट सम्पादक: भरत रेग्मी (‘पुजार सार्की’)
उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (‘पिताम्बर’)
उत्कृष्ट लेखन: दीपकराज गिरी (‘छक्कापन्जा ५’)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: ‘गालय् वन’ (नेपाल भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार: प्रदीप खड्का (‘पुजार सार्की’) ।
कार्यक्रममा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउँदै आएका निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।
चलचित्र क्षेत्रको प्रगतिमा योगदान पुर्याउने कलाकार, निर्देशक तथा प्राविधिकलाई सम्मान तथा पुरस्कार प्रदान गरेर राष्ट्रिय सिने उद्योगको सम्मान र हौसला बढाउने उद्देश्यले समारोहको आयोजना गरिएको हाे ।








प्रतिक्रिया