५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा उत्साह: परिसूचक ७५.८४ अंकले उकालो



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ। आज नेप्से दुई दशमलव ७१ प्रतिशतले वृद्धि भएको हो।

आज ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १ लाख ४१ हजार ४३४ पटक खरिदबिक्री हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

२४० कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको मूल्य घटेको छ। कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन्।

सबैभन्दा धेरै ‘अन्य’ समूह ५.०९ प्रतिशतले बढेको छ। लगानी समूह ३.१७ प्रतिशत, जीवन बीमा ३.१४ प्रतिशत, हाइड्रोपावर ३.०४ प्रतिशतले बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह पनि सकारात्मक रहेका छन्।

आज ट्रेड टावर लिमिटेडको सेयरमा सर्किट लागेको छ भने एनआबिएल स्टेबल फन्डको सेयर मूल्य सबैभन्दा धेरै ७.५८ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।