हिन्दु महिनाहरुको महान पर्व तीजको सन्दर्भ पारेर आगामी भदौं १२ गतेबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘कोशोढुङ्गा’को गीत आज राजधानमिा औपचारिक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको छ ।
‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको सुमधुर गीतमा अभिनेत्रीहरु सुरक्षा पन्त, ऋशा शर्मा र नीति शाहको आर्कशक नृत्य रहेको छ । गीतको गीत भए पनि चलचित्रका पुरुष कलाकारहरु मन्जिल कुमार र दिनेश काफ्लेलगायत पनि फिचर्ड छन् ।
गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।
सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् ।
एक मन्दिर परिसरमा सेटअप तयार गरेर छायांकन गरिएको गीतले तीजको झल्को दिन्छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।
तीजको गीत र भिडियो हेर्दा आउँदो तीजका लागि महिलाहरु कधम्मर मर्काई मकाई नाच्ने किसिमको छ ।
यस्तै, निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।
‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।
बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
नेपालसहित ४३ देशमा एकसाथ प्रर्दशन हुने पक्का भएको वितरक प्याट्रिक सुवेदीले कार्यक्रममा बताएका छन् । एकसाथ संसारभरको हलहरुमा बक्सअफिस पहिलो प्रर्दशन हुने कार्यक्रममा दाबी गरिएको थियो ।
‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।
पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।








प्रतिक्रिया