भादगाउँ
भक्तपुरमा बसको ठक्करबाट पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ ।
बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा।५ख। ४७८२ नं।को बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानले बताएका छन् ।
ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया