नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सौगात मल्ल नयाँ चलचित्र ‘मितज्यू’का लागि अनुबन्धित भएका छन् ।
निर्देशक अनिल बुढामगर रहेको चलचित्रमा दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने यस अघि नै फाइनल भएका थिए । सुपरहिट फिल्म ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगरले निर्माण गर्ने चलचित्र चैत २७ गते प्रदर्शनमा ल्याउने योजना बनाएका छन् ।
अभिनेता दयाहाङ राई र सौगात मल्लको प्रवेशसँगै चलचित्रप्रति चासो बढेको छ ।
चलचित्रका लागि अन्य कलाकार पनि छनौटको क्रम भएकोे निर्देशक बुढामगरले जानकारी दिएका छन् ।
चलचित्रको कथा महेश राईले लेखेका हुन् ।








प्रतिक्रिया