काठमाडौं
समस्याग्रस्त घोषित सहकारीको ऋण नतिरे साँवा, ब्याज र हर्जानासमेत तिर्नु पर्ने भएको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले सूचना प्रकाशित गरेर तत्काल ऋण तिर्न नतिरे ब्याज र हर्जानासमेत लिने जानकारी दिएको छ ।
पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको छ । सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीहरुलाई भदौं मसान्तसम्म ऋण तिर्ने समय दिएको छ ।
आज सार्वजनिक सूचनामा सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई समयमै नतिरे असुली सम्बन्धी आवश्यक कानुनी काबारहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
समस्याग्रस्त सहकारीका ऋणीहरुबाट व्याज र हर्जना असुल नहुने हुँदै धेरै ऋणीहरु ऋण तिर्न तयार देखिएका छैनन् । सहकारीबाट लिएको ऋण नतिरेकै कारण समस्याग्रस्त सहकारीहरु समस्यामा छन् ।








प्रतिक्रिया