२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको बालकुमारी सडकमा मिनी ट्रकको ठक्करपछि युवतीको निधन



ललितपुर
ललितपुरको बालकुमारीमा मिनी ट्रकको ठक्करपछि युवतीको निधन भएको छ ।

ललितपुर प्रहरीका अनुसार शनिबार बिहान साढे ४ बजे ललितपुरको बालकुमारी सडक पार गर्ने क्रममा काट्दै गरेका युवतीको निधन भएको हो ।

ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकको ठक्करबाट काभ्रेको २४ वर्षीया सुस्मिता भुजेल घाइते भएकी थिइन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बि एन्ड बी हस्पिटल लगिएकोमा करिव साडे ४ बजे चिकित्सकले मृत घोषणा थिए ।

मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी उपचार सुरु गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।