२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल डेरी एसोसिएशनद्वारा ‘खीर प्रवर्द्धन’ कार्यक्रम सम्पन्न



काठमाडौं । साउन १५ को उपलक्ष्यमा नेपाल डेरी एसोसिएशनद्वारा आयोजित ‘ खीर प्रवर्द्धन कार्यक्रम ’ मा आज राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनु पर्ने बताए । ढकालले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिए ।

कृषि प्रवद्र्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनु पर्ने बताए ।

महासंघको अगुवाइमा सरकारले निजी क्षेत्र – मैत्री कानुन निर्माण गरेको जनाउँदै ढकालले कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे ।

यस्तै, उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह – सचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानहरुका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

त्यसैगरी, नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएशनको अनुमान छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।