ललितखबर
चलचित्र ‘रियाल रिङ्गेट’ शुक्रबारबाट देशभरका हलहरुमा प्रर्दशनको तयारीमा छ ।
बुधबार राजधानीको बानेश्वरस्थित एक हलमा निर्माण पक्षले चलचित्रको प्रिमियर आयोजना ग¥यो । चलचित्र हेर्न थुप्रै कलाकार पत्रकार र शुभेच्छुक सहभागी भए ।
एउटा हल व्यवस्थापन गरिएको प्रिमियरमा अनपेक्षित सहभागीताले हलभित्रको सिटहरु भरिएको थियो । धेरै आगन्तुकहरु भूईमा बसेर चलचित्र हेरे ।
आगन्तुक पाहुना भूईमा बसेर प्रिमियर हेरिरहेको दृश्यले अभिनेत्री नीता ढुंगाना र निर्देशक विभोर पोखरेल अप्ठ्यारो मानिरहेको देख्न सकिन्थ्यो । विधिध कारणले प्रिमियर व्यवस्थापनमा कमजोरी भएको भन्दै निर्माण पक्षले माफी समेत मागेको थियो ।
चलचित्रको प्रिमियरमा धेरै सहभागी आगन्तुकहरु मध्यान्तरपछि घर फर्केका थिए । चलचित्र प्रिमियरको ‘व्यवस्थापन वा चलचित्रप्रतिको अरुचिले हुनसक्छ’ मध्यान्तरपछि हलका सिटहरु समेत खाली थिए ।
चलचित्र हेर्न अभिनेत्री निता ढुंगाना, मदनकृष्ण श्रेष्ठ, प्रेमराजा महत र डा सुरेन्द्र केसीलगायतले भने पुरै समय बसेर चलचित्र हेरेका थिए ।
२०६१ सालमा इराकमा सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले अमेरिकी सेनालाई सहयोग गरेको आरोपमा १२ जना निहत्था नेपालीको हत्या गरेको घटनामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’मा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्देशक विभोर पोखरेलले गरेका छन् । कथा लेखन भने लेखक प्रदीप भारद्वाज गरेका हुन् ।
कतारको मुद्रा ‘रियाल’ र साउदी अरेबियाको मुद्रा ‘रिङ्गेट’बाट चलचित्रको नामांकरण गरेको तथ्यबाट चलचित्र श्रमिकहरुको कथामा बनेको संकेत गरेको छ ।
चलचि हेरेपछि कलाकार मदनकृष्ण श्रेष्ठले दृश्यहरुले मन छोएको र कतिपय ठाँउमा डर समेत लागेको प्रतिकृया दिएका छन् ।








प्रतिक्रिया