२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सैयार’कोे १५ दिनमै ४ सय ४० करोड व्यापार



 

बलिउड चलचित्र ‘सैयार’ ले १५ दिनमा ४ सय ४० करोड रुपैयाँ विश्वव्यापी बक्सअफिस संकलन गरेको छ ।
डेव्यु कलाकार अहान पाण्डे र अनित पद्डा अभिनित यस चलचित्रले भारतमा मात्रै २ सय ८४ भन्दा धेरै बराबरको व्यापार गरेको बताइएको छ ।
उत्कृष्ट वक्सअफिस कलेक्सनपछि चलचित्रलाई बर्षकै उत्कृष्ट चलचित्रको रुपमा हेरिएको छ ।

१५ दिनभित्रको आँकडालाई विश्लेषण गर्ने हो भने चलचित्रले यस अघिका सबै रेकर्डहरु तोडेको छ । यसअघि मोहित सुरीको निर्देशनमा बनेको चलचित्र ‘कबीर सिंह २’ले सय ७८ करोड, ‘टाइगर ३’ले २ सय ७६ करोड रुपैयाँ, ‘धुम ३’ ले २ सय ७१ करोड रुपैयाँ, र ‘ब्रह्मास्त्र पार्ट वन’ले २ सय ४१ करोड रुपैयाँ बक्सअफिस बलेक्सन गरेको इतिहाँस छ ।
बलिउडमा डेब्यु अभिनेताहरूमध्ये अहान पाण्डेको यो चलचित्रलाई सफल चलचित्र मानिएको छ ।

चलचित्र सफल हुनुको श्रेय अहान पाण्डे र अनित पद्डा, शीर्षक गीत र निर्देशक मोहित सुरीलाई दिइएको छ । निर्माता यशराज फिल्म्सको व्यावसायिक कुशलताका कारण पनि चलचित्रले राम्रो व्यापार गरिरहेको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।