बलिउड दीपिका पादुकोणले बनाएको एउटा रिलले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । करिव ८ करोड फलोअर्स रहेको उनले पोष्ट गरेको एक चेन होटलको रिलमा आश्र्चायजनक रुपमा १.९ बिलियन भ्यूज प्राप्त गरेपछि सर्वत्र चर्चा छ ।
यो रिल सार्वजनिक भएको ८ हप्तामा इन्स्टाग्राममा सबैभन्दा धेरै हेरिएको रिल बनेको रिपोर्ट सार्वजनिक भएको छ ।
दीपिकाको यो सफलतालाई लिएर विश्वभर रहेका प्रशंसकहरू खुशी हुँदै टिप्पणी गरेका छन् ।
एक प्रशंसक लेख्छन्,‘अहिले संसारमा सबैभन्दा धेरै हेरिएको इन्स्टाग्राम यो रील २ अर्ब भ्यूहरू पुग्ने पहिलो हो । साथीहरू, दीपिकाको एउटा विज्ञापन यति भाइरल हुन्छ भने् सोच्नुहोस् उनी वास्तवमा कति प्रतिष्ठित छिन् ।’
दीपिका पादुकोणलाई हालै २०२६ मा प्रतिष्ठित हलिउड वाक अफ फेम स्टारको रूपमा पनि छनोट गरिएको थियो । रेकर्डिङ, चलचित्र, टेलिभिजन, प्रत्यक्ष थिएटररप्रत्यक्ष प्रदर्शन र खेलकुद मनोरञ्जनको दुनियाँका अन्य उल्लेखनीय व्यक्तित्वहरूसँगै दीपिकाको नाम ओभेसन हलिउडबाट प्रत्यक्ष पत्रकार सम्मेलनमा घोषणा गरिएको थियो । एजेन्सीको सहयोगमा








प्रतिक्रिया