मुख्य भूमिकामा डेव्यु गरेका अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ चलचित्र ‘माग्ने राजा’को ट्रेलरमा छाएका छन् ।
राजधानीमा औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलरमा जहाँ त्यही उनी देखिन्छन् । अभिनेता घिमिरेलाई चलचित्रमा निर्देशक ऋषि लामिछानेले गम्भिर भूमिकामा भन्दा पनि ठट्यौली पारामा प्रस्तुत गर्न खाजेको देखिन्छ ।
गाँउले जीवनको सुखद क्षणसँगै जव उनले पैसा कमाउछन् त्यसपछिको उन्माद चलचित्रको ट्रेलरमा प्रष्ट देखिन्छ ।
चलचित्रमा सेक्रेटरीको भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी, आमा कालीबुढीको भुमिकामा शारदा गिरी, शिशिर वाङ्देल भिलेनको भूमिकामा र राधिका कँडेल सञ्चारकर्मीको भूमिकामा देखिएका छन् । ट्रेलरमा विल्सनबिक्रम राई कस्तो भूमिका हो प्रष्ट छैन ।
चलचित्र कमेडी विधामा निर्माण गरिएको खुल्न आए पनि ट्रेलरमा खित्का छोडेर हाँस्ने ठाँउ भेटिन्न।
ऋषि लामिछानेको निर्देशन रहेको यस चलचित्रलाई आरम्भ प्रोडक्सन ब्यानरमा मुनाल घिमिरेले निर्माण गरेका हुन् । चलचित्रको कथा पत्रकार समेत रहेका सामीप्यराज तिमल्सेनाले लेखेका हुन् ।
पछिल्लो समय गीत, टिजर र ट्रेलरसम्म सार्वजनिक हुँदा चलचित्र भित्र रहेका धेरै रहस्य खुलेको छ । सार्वजनिक प्रचारसामाग्री हेर्दा दर्शकले मन पराउन सक्ने आकलन गरिएको छ ।
चलचित्रभित्र रंगभेदी संवाद ‘कालिबुढी’ राखिएको कारण एकले अर्कालाई अपमान गरिरहेको छनक भेटिन्छ ।
चलचित्र आगामी भाद्र ६ गतेदेखि प्रदर्शन सुरु हुने तयारीमा छ ।








प्रतिक्रिया