नेपाली चलचित्र चलचित्रमा नयाँ अभिनेत्री राजश्री थापाको प्रवेश भएको छ ।
चलचित्र ‘जदौ’मा नयाँ अभिनेत्री राजश्री थापालाई निर्देशकहरु काजी लिम्बू र अन्जन शर्माबन्धित गराएका हुन् ।
मोडलिङ तथा स्टाइलिस्टका रुपमा सकृय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छिन ।
अभिनेत्री थापासँगै चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा,नीति शाह,प्रभातपाल ठकुरी,बिनोद न्यौपाने,गीता अधिकारी,शारदा गिरी,सन्ध्या श्रेष्ठ,अनिल सुब्बा लगायतका कलाकारले अभिनय गर्दैछ्न ।
अन्तरजातीय प्रेमसम्बन्ध र सामाजीक कुरिती बिरुद्धको आवाज बुलन्द गर्ने बिषयको फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा छायांकनको तयारी रहेको छ ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,सुमीत्रा देवकोटा,गोकुल केसी र नारायण शास्त्री छन् ।
बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको चलचित्रको छायांकन श्याम तामाङले गर्नेछ्न । काजी लिम्बूको लेखन रहेको चलचित्रका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत अनि मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ ।
चलचित्रको सुटिङ भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् ।








प्रतिक्रिया