२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र क्षेत्रको फण्डा र ‘सबै विर्सिरहेकी’ केकी अधिकारी



ललितखबर
राजधानीको एक कार्यक्रममा केकी अधिकारीले अनौठो कुरा सुनाइन्, ‘मैले विगतका सबै कुरा विर्सिरहेकी छु । म नामहरु पनि विर्सिरहेकी छु । स्क्रिनहरु धेरै हेरेर हो कि ? उमेर पनि बढिरहेको छ ।’
https://www.youtube.com/watch?v=i6Az4A8B5ns
धेरैले अनुमान गरे केकी अधिकारी अब बुढी भएछिन् । खासमा अभिनेत्री अधिकारी पत्रकारको प्रश्नबाट भाग्न यसो भनिरहेकी थिइन् ।
पछिल्लो पुस्ताका कलाकार सञ्चारमाध्यमहरुमा आउने विवादास्पद गतिविधि र गसिपमा रमाउनभन्दा पनि कलाकारहरु तर्कने गरेकाछन् । चलचित्र क्षेत्रमा भाइरल हुने गसिपले आफ्नो प्रख्याती बढाउने र चलचित्र क्षेत्रमा करियर अघि बढ्ने तथ्यलाई विर्सदै कतिपय कलाकारहरु पत्रकार र इन्टटेनरहरुसँग झगडा गर्ने गरेको पनि देखिन्छ ।
अर्का अभिनेता विजय वराल पनि पत्रकारको प्रश्नदेखि यसैगरि तर्सिए । उनी कमेडी दरवारको प्रचारमा हिड्न नमानेको कुरा उठ्यो । अभिनेता बरालले अनविज्ञता जनाउदै प्रश्नबाट भाग्न खोजे । भने,‘समय मिलाउन मात्रै खोजेको हो प्रचारमा जान नखोजेको होइन ।’
उता चलचित्र चलाउनका लागि विभिन्न फण्डा सार्वजनिक हुने र चलचित्र ‘जनै हराएको मान्छे’को गीत छायांकनका क्रममा गायक थानेश्वर गौत्तम गाउदा गाँउदै ढलेको कुरा उठ्यो । गायक गौत्तमले कर्मकाण्डी जवाफ दिए । ‘पिडा डल्नेलाई मात्रै थाहा हुन्छ ।’ सञ्चारमाध्यमहरुमा आएको कुराहरु झुटो हो गरेर थप केही बताएनन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  १० : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।