२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘माइतीघर’को गीतमा उत्कृष्ट नृत्य गर्नेलाई ५ लाख पुरस्कार



 

चलचित्र ‘माइतीघर’को गीतमा उत्कृष्ट नृत्य गर्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरिएको छ ।

भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाएर ओएसआर डिटिजललाई पठाउन भनिएको छ । ती भिडियोहरु ओएसआरको युट्युब, फेसबुक र टिकटक एकाउन्टबाट सार्वजनिक हुने र सर्वाधिक धेरै भ्यूज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले बताएका छन् ।

‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ बोलको गीतमा भिडियो बनाएर भदौको २० गतेसम्म पठाइसक्नुपर्नेछ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।

निर्माणपक्षले असोजको १२ गते उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समुहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने बताएको छ ।

मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन यो चलचित्रमा रहेको छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

चलचित्र माइतीघर दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट प्रदृशनमा आउन लागेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।